देवघाटका मिर्गौला पीडित मिमलाल भुजेललाई ७ हजार १०० रुपैयाँ सहयोग हस्तान्तरण

Devghat Online

शेयर गरौ

देवघाट । साउन १२

देवघाट गाउँपालिका–५, जलदेवी टोल विकास संस्था (साउने) निवासी २८ वर्षीय मिर्गौला पीडित मिमलाल भुजेललाई उपचारका लागि संकलित ७ हजार १ सय हस्तान्तरण गरिएको छ ।

आर्थिक अभावका कारण उपचारलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका भुजेललाई केही राहत पुगोस् भन्ने मानवीय भावनाका साथ सो रकम हस्तान्तरण गरिएको हो । संकलित रकममध्ये देवपुर निवासी तथा वराह आधारभूत विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिना आले मगरले रु. ५ हजार प्रदान गरेकी हुन् । त्यसैगरी, क्युदी निवासी कोपिला भट्टराईले सायरा पोख्रेलको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पुण्य कार्यस्वरूप रु. २ हजार १ सय सहयोग गरेकी थिइन् ।

Screenshot

जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका बिरामी भुजेलका लागि यो सहयोगले रकमका साथै बाँच्ने आशा, हिम्मत र समाज आफ्नो साथमा रहेको आत्मविश्वास दिलाएको छ । पीडाको घडीमा सहयोगी हातहरूले एउटा परिवारको आँसु पुछ्दै मानवता अझै जीवित रहेको सन्देश दिएका छन् ।

सहयोगी मिना आले मगर र कोपिला भट्टराईप्रति स्थानीयले हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गरेका छन् । उनीहरूको यो उदारता र सेवाभावले अरूलाई पनि मानवीय कार्यमा जोडिन प्रेरणा मिल्ने विश्वास लिइएको छ ।

मिर्गौला रोगसँग निरन्तर संघर्ष गरिरहेका मिमलाल भुजेलको पूर्ण उपचारका लागि अझै ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोगका लागि अपिल गरिएको छ । सानो सहयोगले पनि कसैको जीवन बचाउन ठूलो आधार बन्न सक्ने भन्दै सबै दयालु र मनकारी व्यक्तिहरूलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आह्वान गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर