तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २०

जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले मंगलबार तनहुँ जिल्ला अदालतबाट लगत कसी हालसम्म फरार रहेका ३ जना, आपराधिक उपद्रव मुद्दाका फरार १ जना र अभद्र व्यवहार मुद्दाका चालु प्रतिवादी १ जना गरी जम्मा ५ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा अभद्र व्यवहार मुद्धामा १०÷१० हजार रुपैयाँ जरिवाना तोकिएका भारत घर भई हाल व्यास नगरपालिका–४ बस्ने दुई पुरुष, त्यस्तै अभद्र व्यवहार मुद्धामा ५ हजार रुपैयाँ जरिवाना तोकिएका भारत घर भई हाल व्यास नगरपालिका–४ बस्ने एक पुरुष, अभद्र व्यवहारको चालु मुद्धा रहेका म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–७ घर भई हाल व्यास नपा–३ बस्ने एक पुरुष र आपराधिक उपद्रव मुद्धामा १० हजार रुपैयाँ जरिवाना तोकिएका ऋष्ङि गाउँपालिका–१ घर भएक एक पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार फरार प्रतिवादीहरूलाई खोजी गर्ने अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरी अदालत समक्ष पेश गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता