जिल्ला प्रशासनको सहजिकरणमा देवघाटमा ग्यास आपूर्ति

Devghat Online

शेयर गरौ

देवघाट । साउन २६

देवघाट गाउँपालिका क्षेत्रमा देखिएको खाना पकाउने ग्यासको अभावलाई समाधान गर्दै आपूर्ति सहज बनाइएको जिल्ला प्रशासन कार्यालय, तनहुँले जनाएको छ । चितवनका डिलरहरूले आपूर्ति रोकेका कारण देवघाटमा ग्यासको कमी भएको जानकारी देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा र स्थानीय उद्योग वाणिज्य संघका प्रमुखले गराएपछि प्रशासनले तत्काल पहलकदमी लिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार जानकी र बाबा ग्यास उद्योगहरूसँग आवश्यक समन्वय गरी देवघाट क्षेत्रका लागि ग्यास आपूर्ति गराइएको जनाएको छ ।

प्रशासनका अनुसार जानकी र बाबा उद्योगबाट आवश्यक ग्यास देवघाट क्षेत्रमा पठाइसकिएको छ । देवघाट क्षेत्रका आम उपभोक्ताहरूलाई आ–आफ्नो स्थानीय ग्यास बिक्रेताहरूसँग सम्पर्क गरी ग्यास लिन आग्रह गरिएको छ । आपूर्ति गरिएको ग्यासको वितरण व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्ला प्रशासनले देवघाट गाउँपालिका अध्यक्षसँग समेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले