भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २६

इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता गरेको खुलेको छ । भिमाद नपा–६ घर भएका नेकपा एमाले जिल्ला कमिटिका सदस्य सुरज नेपाली विरुद्ध इप्रका भिमादले मंगलबार ज्यान मार्ने उद्योगमा मुद्धा चलाएको सुरजले बताए ।

भाईले भिमादको बाग्टारमा सन्चालन गरेको होटलमा राती रक्सी खान आएका दुई जना स्थानीय युवा र भाईको विचमा भएको झगडा छुट्याउन जाँदा लडेर आफ्नो खुट्टा भाँचिएको भन्दै सुरजले उल्टै प्रहरीले घटनामा संलग्न भएको भन्दै ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता गरेको बताए ।

‘भाईको होटलमा राती साँढे १२.३० बजे रक्सी खान सोही वडाको शान्तिटोलका गौरब थापा र गोकुल श्रेष्ठ आएका रहेछन्, भाईले होटल बन्द गर्ने बेला भयो, घर जाउ भनेपछि ति युवाहरुसँग भाईको झगडा भएको रहेछ’ सुरजले भने ‘त्यो झगडा सुनेपछि छुट्याउन जाँदा लडेर खुट्टा भाँचियो तर प्रहरीले उल्टै म विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता गरेको सुनेको छु ।’

क्रगडाको क्रममा सुरजका भाई सन्तोषले ति युवालाई रडले हानी घाइते बनाएका थिए । घाइतेहरु उपचारको लागि अस्पतालमा छन् । त्यसक्रममा सन्तोषको पनि दाँत भाँचिएको छ । प्रहरीले सन्तोषलाई पक्राउ गरि इप्रका बेलचौतारामा हिरासतमा राखेको छ । सोही क्रममा भाईसँगै आफुलाई पनि ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता गरेको सुरजले बताए । आफु खुट्टा भाँचिएर हिस्पटलमा रहेको कारण अहिलेसम्म प्रहरीले पक्राउ नगरेको उनले बताए ।

आफु हस्पिटलमा उपचाररत रहेको र भाई प्रहरीको हिरासतमा रहेको अवस्थामा इप्रका भिमादका प्रहरीहरुले आफ्नो घरमा खानतलासी गर्ने तथा महिलाहरुलाई डर धम्की दिने गरेको सुरजले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक