तनहुँ प्रहरीको साउन महिनाको प्रगति विवरण सार्वजनिकः ४७ मुद्दा दर्ता, ५० जना प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २

जिल्ला प्रहरी कार्यालय तनहुँले साउन महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार साउन महिनामा अपराध अनुसन्धान, फैसला कार्यान्वयन तथा खोजतलासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ साउन महिनामा जिल्लामा कुल ४७ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर अपराध तर्फ १७ वटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध तर्फ ३ वटा, आर्थिक अपराध तर्फ ५ वटा र अन्य अपराध तर्फ २२ वटा मुद्धा दर्ता गरिएका छन् ।

यसैगरी, चालु मुद्दाका क्रममा ५० जना प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले साउन महिनामा १२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीहरूबाट कुल २ वर्ष ६ महिना कैद सजाय भुक्तान गराउनुका साथै ७९ हजार रुपैयाँ बिगो÷जरिवाना रकम असुल उपर गरिएको छ ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित कुल १८ वटा उजुरी परेका छन् । उजुरी अनुसार पीडिततर्फ १६ वर्ष मुनिका १ जना, २६–३५ वर्षका १० जना, ३६–४५ वर्षका ५ जना र ४६–६० वर्षका २ जना गरी कुल १८ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै पीडकतर्फ २६–३५ वर्षका ५ जना, ३६–४५ वर्षका ९ जना र ४६–६० वर्षका ४ जना गरी कुल १८ जना रहेका छन् । त्यसैगरि साउन महिनामा कुल २३ जना व्यक्तिहरू हराएको उजुरी परेकोमा १४ जना फेला परेका छन् ।

हराएको उजुरी परेका मध्येमा महिला ६, पुरुष ७, बालक १, बालिका ७ र ज्येष्ठ नागरिक पुरुष २ जना रहेका छन् भने फेला परेका १४ जना मध्येमा महिला ४, पुरुष ३, बालक १, बालिका ५ र ज्येष्ठ नागरिक पुरुष १ जना रहेका छन् । बाँकी हराएका व्यक्तिहरूको खोजी कार्य तथा दर्ता भएका मुद्दाहरूको सुक्ष्म अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा