अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २

भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका साथ खरिद गरी प्रयोग गरिदिन नगरबासी, सरोकारवाला व्यक्ति तथा संघसंस्थाहरूलाई अनुरोध गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलले मंगलबार सूचना प्रकाशित गरि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धनका साथै उनीहरूका लागि रोजगारी र स्वरोजगारीका अवसरहरू सुनिश्चित गर्ने उद्देश्यले यो कदम चालिएको जनाएका छन् ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णय र पत्रका आधारमा नगरपालिकाले सूचना जारी गर्दै अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका सामग्री प्राथमिकताका साथ प्रयोग गर्न भिमाद नगरपालिकाले सर्वसाधरणमा अपिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले