प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २१

तनहुँको आँबुखैरेनीमा ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. २ बस्ने २५ वर्षका पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत रहेको अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको टोलीले शनिबार पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नं.४ बेनिटारस्थित सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको माइक्रोबसमा सवार ती युवकले पिठ्युँमा भिर्ने कालो झोलाभित्र लुकाइछिपाई ल्याएको अवस्थामा डाइजेपाम २२ एम्पुल, फेनरागन २२ एम्पुल र बुप्रिनोर्फिन २२ एम्पुल गरी कुल ६६ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित नियन्त्रणमा लिइएका ती व्यक्तिमाथि तनहुँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको