मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

Devghat Online

शेयर गरौ

रामहरि पुडासैनी । देवघाट, भदौ २५

देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक साधारण सभा तथा अधिवेशन विहिबार सम्पन्न भएको छ ।

आश्रमका अध्यक्ष भवानीप्रसाद तिमल्सिनाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पूर्णबहादुर कुँवरले उद्घाटन गरेका थिए ।

रोशनदेव आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा शिवराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक पुकार भट्ट, आश्रमका संस्थापक अध्यक्ष विष्णु सापकोटा ‘साईराम’, देवघाट क्षेत्र विकास समितिका पूर्व कार्यकारी निर्देशकद्वय शिवदत्त ढकाल र जयकृष्ण सुवेदी, देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, देवघाट खानेपानी संस्थानका अध्यक्ष गणेशबहादुर थापाकाजी, देवघाट सामाजिक संयन्त्रका सचिव बलबहादुर क्षेत्री तथा महेश सन्यास आश्रम एवम् महेश गुरुकुलम्का प्राध्यापक फणिन्द्रप्रसाद पौडेल लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा विभिन्न टोल विकास संस्था, सामुदायिक वन तथा आमा समूहका प्रतिनिधिहरूको उपस्थिति थियो । सो अधिवेशनले तोय नारायण खनालको अध्यक्षतामा २७ सदस्यीय नयाँ सन्चालक समिति र ९ सदस्यिय कार्य समिति चयन गरेका छ ।

नयाँ गठित कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्ष शिवराज पौडेल, सचिव अर्जुनप्रसाद अधिकारी र कोषाध्यक्ष रामहरि पुडासैनी रहेका छन् । नवगठित समितिले आश्रमको संरक्षण, संवद्र्धन र समग्र विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

पाँच सय वर्ष अघि तत्कालिन पाल्पाली राजा मणिमुकुन्द सेनले त्रिशुली र कालिगन्डकीको संगम देवघाटमा आई ध्यान गरि विभिन्न मठ मन्दिर र देवालयहरुको निर्माण गर्ने क्रममा उक्त आश्रमको स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

भोटेकोसी बाढीका बेपत्ताको खोजीमा त्रिशूलीसम्म कुकुरसहितको संयुक्त प्रहरी टोली परिचालन

तनहुँ । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र बेपत्ता व्यक्तिहरूको

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता