बन्दीपुर अस्पतालमा फिजियोथेरापी सेवा सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ९

बन्दीपुर गाउँपालिकाद्वारा सञ्चालित बन्दीपुर अस्पतालमा फिजियोथेरापी सेवा सुरु गरिएको छ ।

बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा पालिका तथा अस्पतालका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं स्थानीयवासीको उपस्थिति रहेको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.अनिल गिरीले अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । शुभारम्भ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापा, उपाध्यक्ष गुरुङ, मेसु डा.गिरी तथा राजनीतिक दलका प्रतिनिधिहरूले अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।

फिजियोथेरापी सेवा सुरु भएसँगै शारीरिक दुखाइ, चोटपटक, हाडजोर्नी तथा मांसपेशीसम्बन्धी समस्याबाट पीडित बिरामीहरूलाई स्थानीय स्तरमै उपचार तथा पुनःस्थापनामा ठूलो सहजता मिल्ने विश्वास लिइएको छ ।

यसैबीच, पछिल्लो समय बन्दीपुर अस्पतालको सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको सेवाग्राहीहरूले महसुस गरेका छन् । कार्यक्रममा उपस्थित स्थानीय तथा सेवाग्राहीहरूले सुधारका यस्ता सकारात्मक प्रयासहरूलाई निरन्तरता दिन अस्पताल व्यवस्थापन र गाउँपालिकालाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घुमाउने पुल र बुद्धसिंह मार्गका खोलामा पक्की पुल माग गर्दै बृहत् जनश्रमदान अभियान सुरु हुने

तनहुँ । मंसिर ८ घुमाउने पुल निर्माणलाई तीव्रता दिन तथा बुद्धसिंह मार्गअन्तर्गतका विभिन्न खोलामा मोटरेबल

स्थानीय तहको निर्वाचनमा जित सुनिश्चित गर्न पार्टी सदस्यबाटै उम्मेदवार छनोट गर्नुपर्ने एमाले केन्द्रीय सदस्य न्यौपानेको सुझाव

काठमाडौं । मंसिर ३ नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती न्यौपानेले आगामी स्थानीय तहको निर्वाचनमा