एमाले तनहुँको कार्यकर्ता भेला शुक्रबार, महासचिव पोख्रेलले सम्बोधन गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १०

नेकपा एमाले जिल्ला कमिटि तनहुँको आयोजनामा जिल्ला स्तरीय कार्यकर्ता भेला शुक्रबार दमौलीमा हुने भएको छ । दमौली सभागृहमा हुने उक्त भेलालाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भेलामा जिल्ला भित्रका केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहाकारहरु, प्रदेश कमिटिका सदस्यहरु, प्रदेश कमिटिका सल्लाहाकारहरु, जिल्ला कमिटिका सदस्यहरु, जिल्ला सल्लाहाकारहरु, जिल्ला लेखा कमिटि, निर्वाचन कमिटि, अनुशासन कमिटि, पालिका र वडाका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, तथा जनवर्गिय संगठनका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी तथा स्थानीय तहका पदाधिकारीहरुको सहभागिता रहने एमाले जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारीले बताए ।

यसैविच सोही कार्यकर्ता भेलाको अवसरमा प्रेस चौतारी नेपाल तनहुँले स्थापना गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८२ प्रेस चौतारी तनहुँका पुर्व अध्यक्ष तारानाथ उपाध्यायलाई प्रदान गरिने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अवैध रूपमा ग्राभेल ओसारपसार गर्ने दुई टिपर नियन्त्रणमा, ४० हजार जरिवाना

तनहुँ । मंसिर ९ तनहुँको भिमाद नगरपालिकाबाट अवैध रूपमा प्राकृतिक स्रोतसाधन (ग्राभेल) ओसारपसार गरिरहेका दुईवटा

देवघाट गाउँपालिकाका नौ माविमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

देवघाट । मंसिर ९ देवघाट गाउँपालिका अन्तर्गतका नौवटा सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त

धार्मिक अनुष्ठान र दीप प्रज्वलनसहित देवघाटमा गण्डकी पूजन एवं देवदीपावली

देवघाट । मंसिर ९ पवित्र तीर्थस्थल देवघाटधाममा मंगलबार साँझ विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ