चितवनमा २ सय प्रहरी फिल्डमा , कडा सुरक्षा व्यवस्था !

Devghat Online

शेयर गरौ

चितवन,भदौ १-

चितवनको सुरक्षा व्यवस्था झन कडा पारेको चितवन प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आज (आइतवार) देखि सुरक्षा व्यवस्था थप कडा पारिने बताएका छन् । उनले भने,‘हामीले अहिलेसम्म धैर्यता गुमाएका छैनौ,धैर्यता गुमाउनुपर्ने अवस्था आयो भने कसैलाई छाड्दैनौं ।’ उनले २ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा रहेको र बाँकी सुरक्षा फोर्स पनि तयारी अवस्थामा राखेको बताए ।

‘केही तत्वहरु घटनालाई थप उत्तेजित बनाउन खोजिरहेका छन्,उनले भने’,होटल पनि सर्च गर्छौ,संकास्पद लागे नियन्त्रणमा लिन्छौं ।’ उनले शान्तीपूर्ण धर्ना गर्न पाउने अधिकार रहेपनि जुलुस निकाल्ने र होहल्ला गर्नेलाई नछाड्ने चेतावनी दिए ।

शुक्रवार जिल्ला अदालत चितवनले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका साथै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । रवि लामिछानेका समर्थकले तीनदिन देखि निरन्तर प्रर्दशन गरिरहेका छन् । प्रर्दशनका क्रममा पटक पटक झडप भएको थियो भने प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले