सुनको भाउ घट्यो !!

Devghat Online

शेयर गरौ

भदौ १ – लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ। शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ७० हजार ७०० कायम भएको छ। शनिबार तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० रुपैयाँमा कारोवार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि केही ओरालो लागेको छ। शनिबार प्रतितोला रु ८४० मा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला रु ८३० कायम भएको महासङ्घले जनाएको छ। पछिल्लो एक महीनाको अवधिमा सुन र चाँदीको मूल्य निकै आकाशिएको छ । साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला रु छ हजारसम्मले बढेको थियो।

यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७१ हजार ५०० मा खरीद बिक्री भएको थियो। चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५१८ डलर नाघेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

सगरमाथा बृक्षारोपण महाअभियान तथा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा शुक्लागण्डकीमा रुद्राक्ष रोपण

तनहुँ । असार १४ सगरमाथा वृक्षारोपण महाअभियान को २० वर्षे कार्ययोजना तथा राष्ट्रिय वृक्षारोपण दिवसको