एन.आर.एन. क्यानाडामा चिरन्जिवीको नेत्तृत्व

Devghat Online

शेयर गरौ

गैर आवासिय नेपाली संघ क्यानाडाको १२ औं राष्ट्रिय सम्मेलन टोरोन्टोमा सकिएको छ । चिरन्जिवी घिमिरेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन भएको छ । अघिल्लो कार्यकालमा महासचिवका हैसियतमा काम गरेका घिमिरे पेशाले नर्स हुन् । उनी झन्डै एक दशकदेखी स्थायी रुपमा क्यानाडा बसोबास गर्दै आएका छन् ।

यस्तै उपाध्यक्षमा स्कार्बोरो क्षेत्रबाट निर्बाचित हेमन्त थापा ( उज्वल ), सस्काचुन, बिसी, एड्मन्टन, क्याल्गरीबाट नेत्त्रित्व गर्दै अर्जुन कुमार बिके र मिसीसागाबाट बिजय पौडेलले उपाध्यक्षको जिम्मेवारी लिने भएका छन् त्यस्तै महासचिवमा, ब्राम्टोनबाट निर्वाचित पिताम्बर भट्टराई , सचिवमा फडिन्द्र श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा टोरोन्टोका सरोज भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तै गरी एनसीसी सदस्यमा ब्राम्टोनबाट नेत्र खतिवडा (दिनेश), मिसिसागाबाट तुला भट्टचन सास्काचुनबाट देबेन्द्र सुबेदी, मनिटोवाबाट शुशिल दोरङा चयन भएका छन् । निर्वाचन समितिले पुर्व अध्यक्षहरु तुल्सी सापकोटा र गोपी कृष्ण काफ्लेलाई आईसिसी सदस्यमा मनोनित गरेको छ ।

साधारणसभाले यसअघीको कार्यकाल आर्थिक तथा सामाजिक प्रतिबेदनहरु छुट्पुट बिबादका बिच पारीत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो