राहत वितरण पारदर्शी छः गुरुङ

Devghat Online

शेयर गरौ

हल्लाको भरमा चरित्रहत्या नगर्न काँग्रेसलाई सचेत
२० जेठ, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले वडा कार्यालय मार्फत वितरण गरिएको राहत पारदर्शी भएको बताएका छन् । नेपाली काँग्रेस देवघाट गाउँ कार्य समितिले केही दिन अघि वडा कार्यालयले राहतमा आएको चामल विक्री गरेको भन्ने आरोप लगाई गाउँपालिकामा ज्ञापनपत्र बुझाएको सन्दर्भमा मंगलबार विज्ञप्ति प्रकाशित गरि वडा अध्यक्ष गुरुङले वास्तविक तथ्य नबुझी सामाजिक सन्जालमा भएको हल्लाको आधारमा कसैको पनि चरित्र हत्या नगर्न नेपाली काँग्रेस पार्टीलाई सचेत गराएका छन् ।
लकडाउनको कारण समस्यामा परेका नागरिकलाई जिविको पार्जनकोलागि एक जना दाताले वडा कार्यालयलाई २० बोरा माईतीघर ब्रान्डको जिरा मन्सुली चामल उपलब्ध गराएको र सो चामललाई विक्री गरि सोना मन्सुली चामल ल्याएर दोब्बर जनतालाई राहत दिन सकिन्छ की भन्ने बारेमा वडामा छलफल भएपनि पछि सहमती नभएपछि सोही चामल विपन्न वर्गलाई राहतको रुपमा बाडिसेको भन्दै वडा अध्यक्ष गुरुङले यस बारेमा सत्य तथ्य नबुझी नेपाली काँग्रेसले ज्ञापनपत्र बुझाएको आरोप लगाएका छन् ।
विभिन्न संघ संस्था र दाताहरुबाट प्राप्त राहतलाई सँधै पारदर्शी रुपमा वितरण गर्दै आईरहेको भन्दै वडा अध्यक्ष गुरुङले विज्ञप्तिमा घटनाका सन्दर्भमा सत्यतथ्य नबुझी अरुको चरित्रहत्या गर्ने कुराले कसैको पनि हित नगर्ने हुँदा त्यसप्रति सबै जना सचेत हुनु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले