राहत वितरण पारदर्शी छः गुरुङ

Devghat Online

शेयर गरौ

हल्लाको भरमा चरित्रहत्या नगर्न काँग्रेसलाई सचेत
२० जेठ, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले वडा कार्यालय मार्फत वितरण गरिएको राहत पारदर्शी भएको बताएका छन् । नेपाली काँग्रेस देवघाट गाउँ कार्य समितिले केही दिन अघि वडा कार्यालयले राहतमा आएको चामल विक्री गरेको भन्ने आरोप लगाई गाउँपालिकामा ज्ञापनपत्र बुझाएको सन्दर्भमा मंगलबार विज्ञप्ति प्रकाशित गरि वडा अध्यक्ष गुरुङले वास्तविक तथ्य नबुझी सामाजिक सन्जालमा भएको हल्लाको आधारमा कसैको पनि चरित्र हत्या नगर्न नेपाली काँग्रेस पार्टीलाई सचेत गराएका छन् ।
लकडाउनको कारण समस्यामा परेका नागरिकलाई जिविको पार्जनकोलागि एक जना दाताले वडा कार्यालयलाई २० बोरा माईतीघर ब्रान्डको जिरा मन्सुली चामल उपलब्ध गराएको र सो चामललाई विक्री गरि सोना मन्सुली चामल ल्याएर दोब्बर जनतालाई राहत दिन सकिन्छ की भन्ने बारेमा वडामा छलफल भएपनि पछि सहमती नभएपछि सोही चामल विपन्न वर्गलाई राहतको रुपमा बाडिसेको भन्दै वडा अध्यक्ष गुरुङले यस बारेमा सत्य तथ्य नबुझी नेपाली काँग्रेसले ज्ञापनपत्र बुझाएको आरोप लगाएका छन् ।
विभिन्न संघ संस्था र दाताहरुबाट प्राप्त राहतलाई सँधै पारदर्शी रुपमा वितरण गर्दै आईरहेको भन्दै वडा अध्यक्ष गुरुङले विज्ञप्तिमा घटनाका सन्दर्भमा सत्यतथ्य नबुझी अरुको चरित्रहत्या गर्ने कुराले कसैको पनि हित नगर्ने हुँदा त्यसप्रति सबै जना सचेत हुनु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय