गाउँ फर्केका युवालाई पुल निर्माणमा रोगजारी

Devghat Online

शेयर गरौ

२० जेठ, दमौली
तनहूँको घिरिङ गाउँपालिका–१ र प्रदेश नम्बर ५ को पाल्पाको रामपुर नगरपालिका–१ जोड्ने गरी कालीगन्डकी नदी माथीको पुट्टारघाटमा निर्माण गरिएको मोटरेवल पुलमा विभिन्न देशबाट रोजगारी गुमाएर गाउँ फर्केका युवालाई सरिक गराईएको छ । उक्त पुलमा यस अघि नेपालगन्ज र बर्दियाका मजदुरले काम गरेपनि लकडाउन पछि उनीहरुलाई आफ्नै ठाउँ फर्काई गाउँकै युवालाई काममा लगाईएको पुल निर्माण समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए ।


दुई सय १७ मिटर लम्बाई र ११ मिटर चौडाईको उक्त पुल संघीय सरकारको २५ करोड रुपीयाँको लागतमा निर्माण सुरु भएको अध्यक्ष सिग्देलले बताए । सो पुल निर्माणमा अहिले पुट्टारका ५५ जना युवा खटिएका छन् । उनीहरु लकडाउन सुरु भएपछि भारत तथा अन्य मुलुकबाट रोजगारी गुमाएर गाउँ फर्किएका थिए । उनीहरुलाई दैनिक ज्याला आठ सय रुपीयाँ तोकिएको छ ।
बर्दिया र नेपालगन्जका मजदुरलाई घर पठाइएपछि मजदुर विहिन भएपछि केही दिन पुल निर्माण बन्द गरिएको तर गाउँ फर्किएका युवाहरुले उक्त काममा लाग्ने बताएपछि पुनः निर्माणको काम सुरु गरिएको अध्यक्ष सिग्देलले जानकारी दिए । पुल निर्माणकोलागि अहिले दैनिक दुई चरणमा गरेर १६ घन्टा लगातार काम गरिएको निर्माण कम्पनी बिल्र्डस शर्मा युनाइटेड रमन जेभी कन्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर टेकनाथ शर्माले बताए ।
उक्त पुल तीन वर्षभत्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । जिल्ला प्रशासन कार्यालयले पत्र बनाईदिएपछि निर्माण समाग्री पनि ढुवानी गर्न सहज भएको शर्माको भनाई छ । हालसम्म १८ प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण