६ विद्यालयमा कम्प्युटर सामाग्री हस्तान्तरण

Devghat Online

शेयर गरौ

६ असार, दमौली
तनहूँका ६ वटा सामुदायीक विद्यालयमा कम्प्युटर सामाग्री प्रदान गरिएको छ । सुचना तथा सन्चार प्रविधि मन्त्रालय अन्तर्गतको नेपाल दुर सन्चार प्राधिकरणबाट प्राप्त ति सामाग्रीहरु शनिबार दमौली आईपुगेको थियो ।
प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानको विशेष पहलमा ति सामुदायीक विद्यालयमा कम्प्युटर ल्याव सन्चालनकोलागि प्रत्येक विद्यालयमा ४० लाख रुपैयाँ बराबरको कम्प्युटर सामाग्रीहरु उपलब्ध गराईएको हो ।


सामाग्री उपलब्ध गराईएका विद्यालयमा व्यास १ को निर्मल मावि, व्यास १० को सर्वज्योती मावि, भानु ११ को त्रिभुवन मावि, भानु २ को शारदा शिक्षा सदन मावि, बन्दिपुर २ को भानु मावि र देवघाट २ को कालीगंगा मावि रहेकाछन् । ति मध्ये केही विद्यालयमा शनिबार नै ति सामाग्रीहरु हस्तान्तरण भईसकेको छ । सांसद श्रेष्ठको स्वकिय सचिवालयका सचिव अनिल पाण्डेले शनिबार व्यास नपा १० स्थित सर्वज्योती माविमा उक्त सामाग्रीहरु हस्तान्तरण गरे ।
सो अवसरमा विद्यालयका अध्यक्ष मदन तिमल्सेनाले कम्प्युटर सामाग्री उपलब्ध गराउन विशेष भुमिका खेल्ने सांसद श्रेष्ठ लगायतलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण