देवघाटमा चौतारी निर्माण सम्पन्न

Devghat Online

शेयर गरौ

३ असार, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर १ कोटमा नमुना चौतारी निर्माण सम्पन्न भएको छ । सो चौतारीको हालै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापामगरले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले देवघाट गाउँपालिकाको बिकासमा क्रमिक रुपमा अगाडी बढी रहेको र सम्पुर्ण जनसहभागिताको सहयोग बाट नै चौतारी निर्माण सम्पन्न भएको बताए । आगामी दिनहरुमा पनि यसैगरी बिकासको योजनाहरुमा साझेदारी गरि अगाडी बढ्नेमा जोड उनको जोड थियो ।


चौतारी निर्माण समितिका अध्यक्ष मनमाया गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष भिमबहादुर गुरुङ वडा सदस्यहरु सुन्दर भुजेल, बगमाया गुरुङ, मनबहादुर गुरुङ र नानुमाया बिक, नेकपा देवघाट गाउँपालिका कमिटिका अध्यक्ष भुवनसिंह गुरुङ, नेकपा सचिव केशवचन्द्र न्यौपाने, देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
चौतारी निर्माणकोलागि देवघाट गाउँपालिकाबाट एक लाख बीस रुपैयाँ उपलब्ध गराईएको थियो भने छिमेकी आमा समुह बाट एक लाख रुपैयाँ र जनसहभागिताबाट पचास हजार रुपैयाँ बराबरको श्रमदान गरि दुई लाख सत्तरी हजार रुपैयाँ लागत खर्च भएको छिमेकी आमा समुहका अध्यक्ष थुतिमाया गुरुङले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय