देवघाटमा चौतारी निर्माण सम्पन्न

Devghat Online

शेयर गरौ

३ असार, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर १ कोटमा नमुना चौतारी निर्माण सम्पन्न भएको छ । सो चौतारीको हालै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापामगरले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले देवघाट गाउँपालिकाको बिकासमा क्रमिक रुपमा अगाडी बढी रहेको र सम्पुर्ण जनसहभागिताको सहयोग बाट नै चौतारी निर्माण सम्पन्न भएको बताए । आगामी दिनहरुमा पनि यसैगरी बिकासको योजनाहरुमा साझेदारी गरि अगाडी बढ्नेमा जोड उनको जोड थियो ।


चौतारी निर्माण समितिका अध्यक्ष मनमाया गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष भिमबहादुर गुरुङ वडा सदस्यहरु सुन्दर भुजेल, बगमाया गुरुङ, मनबहादुर गुरुङ र नानुमाया बिक, नेकपा देवघाट गाउँपालिका कमिटिका अध्यक्ष भुवनसिंह गुरुङ, नेकपा सचिव केशवचन्द्र न्यौपाने, देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
चौतारी निर्माणकोलागि देवघाट गाउँपालिकाबाट एक लाख बीस रुपैयाँ उपलब्ध गराईएको थियो भने छिमेकी आमा समुह बाट एक लाख रुपैयाँ र जनसहभागिताबाट पचास हजार रुपैयाँ बराबरको श्रमदान गरि दुई लाख सत्तरी हजार रुपैयाँ लागत खर्च भएको छिमेकी आमा समुहका अध्यक्ष थुतिमाया गुरुङले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त