योजना अनुगमन सम्पन्न

Devghat Online

शेयर गरौ

१९ असार, देवघाट
तनहुुँको निर्वाचन क्षेत्र नम्बर १ को देवघाट गाउँपालिकामा सन्चालित स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत वडा नम्बर ५ को देवपुर टोलमा निर्माणाधिन टोल विकास संस्थाको सामुदायीक भवनको अनुगमन गरिँदै । सो भवन निर्माणकोलागि प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ उपलब्ध गराएका थिए ।


भवन निर्माणमा हालसम्म करिब १६ लाख रुपैयाँ खर्च भएको भवन निर्माण समितिका अध्यक्ष एवं देवपुर टोल विकास संस्थाका अध्यक्ष शुकु गुरुङले बताए । यसैगरि देवघाट गाउँपालिकाले ५ लाख रुपैयाँ पनि उपलब्ध गराएको थियो ।

सो भवनको शुक्रबार सांसद श्रेष्ठका स्वकीय सचिव जगत खड्का, प्रेस संगठनका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई, देवघाट युवा तथा खेलकुँद विकास समितिका सचिव शान श्रेष्ठ, व्यवसायी बासु श्रेष्ठ र सुमन श्रेष्ठले अनुमगन गरेका थिए ।
भवन निर्माण करिब करिब अन्तिम चरणमा पुगेको र अव यसै असार महिना भित्रैमा सम्पन्न गरिसक्ने अध्यक्ष गुरुङले बताए । सभा हल सहितको सो भवनमा एकै पटकमा एक सय जना सम्म उपस्थित भई कार्यक्रम आयोजना गर्न सकिने अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले