योजना अनुगमन सम्पन्न

Devghat Online

शेयर गरौ

१९ असार, देवघाट
तनहुुँको निर्वाचन क्षेत्र नम्बर १ को देवघाट गाउँपालिकामा सन्चालित स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत वडा नम्बर ५ को देवपुर टोलमा निर्माणाधिन टोल विकास संस्थाको सामुदायीक भवनको अनुगमन गरिँदै । सो भवन निर्माणकोलागि प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ उपलब्ध गराएका थिए ।


भवन निर्माणमा हालसम्म करिब १६ लाख रुपैयाँ खर्च भएको भवन निर्माण समितिका अध्यक्ष एवं देवपुर टोल विकास संस्थाका अध्यक्ष शुकु गुरुङले बताए । यसैगरि देवघाट गाउँपालिकाले ५ लाख रुपैयाँ पनि उपलब्ध गराएको थियो ।

सो भवनको शुक्रबार सांसद श्रेष्ठका स्वकीय सचिव जगत खड्का, प्रेस संगठनका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई, देवघाट युवा तथा खेलकुँद विकास समितिका सचिव शान श्रेष्ठ, व्यवसायी बासु श्रेष्ठ र सुमन श्रेष्ठले अनुमगन गरेका थिए ।
भवन निर्माण करिब करिब अन्तिम चरणमा पुगेको र अव यसै असार महिना भित्रैमा सम्पन्न गरिसक्ने अध्यक्ष गुरुङले बताए । सभा हल सहितको सो भवनमा एकै पटकमा एक सय जना सम्म उपस्थित भई कार्यक्रम आयोजना गर्न सकिने अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी