अचानक संसद अन्त्य गर्नु दुखदः नेता पौडेल

Devghat Online

शेयर गरौ

१९ असार, दमौली

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अचानक संसद अधिवेशन अन्त्य गर्नु दुखद भएको बताएका छन् । सत्तारुढ दलको आन्तरिक विवादको कारण महत्वपुर्ण निर्णयहरु गर्न बाँकी नै रहेको अवस्थामा संसद बैठक अन्त्य गर्नु मुलुकको हितमा नभएको नेता पौडेलले बताए ।

कोरोना भाईरसका संक्रमितहरुलाई उपचारकोलागि तनहँुका विभिन्न स्थानमा स्थापना गरिएको आइशोलेसनकोलागि विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन शुक्रबार दमौलीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता पौडेलले यसपटकको संसदको वर्षे अधिवेशनले एमसिसि, नागरिकता विधेयक जस्ता महत्वपुर्ण प्रस्तावहरु पारित गर्नु पर्ने कार्यसुची रहेपनि ति कुनै पनि विषयमा छलफल नै हुन नपाएको भन्दै यो अवस्था आउनु दुखद भएको बताए ।

कोरोना भाइरसका कारण मुलुक गम्भिर संकटमा फसिरहेको समयमा सत्ताधारी पार्टीको आन्तरिक विवादले मुलुकलाई थप संकटमा पु¥याउने खतरा बढेको नेता पौडेलको आरोप थियो । अचानक संसद बन्द गरिदा मुलुकको आर्थिक समृद्धिका लागि महत्वपूर्ण रहेको एमसिसिका विषयमा पनि छलफल हुन नपाएको पौडेलको भनाई थियो । नेता पौडेलले स्वास्थ्य सामाग्रीको खरिदमा भ्रष्टाचार भएको आरोप लगाए । हचुवाको भरमा कहिले ओम्नी, कहिले यति समुह र कहिले सेनालाई अगाडि सारेर सरकार कोराना सामग्री खरिदमा भ्रष्टाचारमा लिप्त भएको नेता पौडेलको भनाई थियो ।

जनतालाई सरकारले कोरोनाको महामारीसँगै भ्रष्टाचारको महामारीको पीडा दिएको भन्दै समस्या जन्माउने र समाधान दिन नसक्नेको हातमा देश गएकोले दुइ तिहाइको कम्यूनिष्ट सरकार असफल भएको बताए । नेता पौडेलले तनहूँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको लागि ३० थान टावेल, ३ सय थान र्सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पिपिइ, आदिकवि भानुभक्त क्याम्पसका लागि ४२ थान टावेल, ३ सय थान र्सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, १० थान पिपिइ हस्तान्तरण गरेका थिए ।

यसैगरी बन्दीपुर गाउँपालिकाका लागि छ थान टावेल, ३ सय थान र्सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, दमौली अस्पतालका लागि १२ थान टावेल, ३ सय थान र्सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, छ थान पिपिइ, भीमाद नगरपालिकाका लागि छ थान टावेल, ३ सय थान र्सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, देवघाट गाउँपालिकाका लागि छ थान टावेल, ३ सय थान र्सर्जिकल मास्क, पाँच लिटर स्यानीटाइजर, पाँच थान पिपिइ, नेपाल पत्रकार महासंघ तनहुँका लागि ७० थान एन ९५ मास्क, २ सय थान मास्क र १७ थान स्यानीटाइजर हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान