बाल विवाह गर्न खोज्ने विवाहमण्डपबाटै पक्राउ

Devghat Online

शेयर गरौ

२६ असार, दमौली
१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेका गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई बुधबार व्यास नपा– ११ बाट प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँकी बालिकासँग बाल विवहा हुदै गर्दा प्रहरीले दुलाहा सहित उनका वुवा र पण्डित तथा बालिकाको बाबू र आमालाई समेत मण्डपबाटै फक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए ।
बालविवाह हुँदै छ भन्ने सूचनाको आधारमा गएको प्रहरीले विवहाको कार्यक्रम भईरहँदा उनीहरुलाई पक्राउ गरेको डिएसपी तिमल्सिनाले बताए ।
डिएसपी तिमिल्सिनाका अनुसार प्रहरी पुग्दा बालिकालाई सिन्दुर समेत हालिसकेको र अन्माउने तयारी हुँदै थियो । पक्राउ गरिएका सबैलाई असार २५ गते बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई देवानी फौजदारी संहिताको विवहा सम्बन्धि कसुर अन्तर्गत वाल विवहा सम्बन्धी मुद्धा दर्ता गरिएको डिएसपी तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण