सेतीको बाढीले शुक्लागन्डकीका १ सय ६० जना भन्दा बढि विस्थापित (फोटो फिचर)

Devghat Online

शेयर गरौ

२६ असार, दमौली

उच्च सतर्कता अपनाउन आग्रह
सेती नदीमा आएको बाढीले तनहूँको शुक्लागन्डकी नपाको दुई वडाका ४३ घर धुरीका १ सय ६० जना भन्दा बढि नागरिक विस्थापित भएका छन् ।

वडा नम्बर ४ र ८ का नदी किनारको वस्तीका ति घरहरुमा नदीको बाढी पसेको वडा नम्बर ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । वडा नम्बर ४ का १४ र वडा नम्बर ८ का २९ घर बाढिको उच्च जोखिममा परेको हो ।


राती नै नदीमा बाढि आएपछि ति घरका बासिन्दाहरु सबै मध्यरातमै घर छोडेर सुरक्षित स्थानमा गएको वडा अध्यक्ष रेग्मीले बताए । ति बस्तीमा हरेक वर्ष नदीको बाढी पस्दा अनागरिकहरु विस्थापित हुन बाध्य हुँदै आएका छन् । बाढीले मानवीय क्षती नगरेपनि पशु चौपाया र अन्नवाली बगाएको छ ।


तनहूँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बाढीको कारण विस्थापित भएका नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताए । बाढिले अहिलेसम्म जिल्लामा कुनै मानवीय क्षती नभएपनि उच्च सतर्कता भने आवश्यक रहेको बताए ।

नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित भएर बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले