सांसदको अनुगमनः (फोटो फिचर)

Devghat Online

शेयर गरौ

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने मंगलबार व्यास नपा ९ माझफाँटमा पहिरोको स्थलगत अनुगमन गर्दै ।

उक्त स्थानमा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको थियो भने एक जना अझै वेपत्ता रहेका छन् ।

सांसद न्यौपानेले सो क्रममा पीडित परिवारलाई समवेदना दिदै यथाशिघ्र राहतको लागि पहल गर्ने प्रतिबद्धता जनाएकी थिईन् ।

साथै सांसद न्यौपानेले स्थानीय बासिन्दासँग पनि पहिरो पीडितहरुको व्यवस्थापन गर्ने बारेमा छलफल गरेकी थिईन् । यसैगरि सांसद न्यौपानेले दमौली अस्पतालमा पुगी पहिरो कारण घाईते भई उपचाररत व्यक्तिहरुको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिएकी थिईन् ।

 

अनुगमनको क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एकबहादुर राना, जिल्ला सदस्य माधवबहादुर पन्त, महिला नेतृद्वय बसुन्धरा घर्ती र कल्पना पौडेल, नेकपा नेताहरु इश्वबहादुर विष्ट, तुल्सीराम पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई