पहिरोमा परि धनजनको क्षती भएकोमा सांसद श्रेष्ठ र न्यौपानेद्वारा दुःख व्यक्त

Devghat Online

शेयर गरौ

उद्धार र राहतमा जुट्न अपिल

२९ असार, दमौली
गएराती देखी लगातार आएको अविरल वर्षाको कारण तनहूँ जिल्लाको विभिन्न भागमा आएको बाढि र पहिरोमा परि १० जनाको मृत्यु र २ जना हराईरहेको घटना प्रति तनहूँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले दुःख व्यक्त गरेका छन् । सांसद श्रेष्ठले सोमबार साँझ प्रेस विज्ञप्ति प्रकाशित गरि उक्त घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली र घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सांसद श्रेष्ठले पहिरोमा परि हराईरहेकाहरुको शिघ्र खोजी गरि उनीहरुको अवस्था पत्ता लगाउन सम्बन्धित सरोकारवाला पक्षसँग आग्रह गर्दै प्राकृतिक प्रकोपमा पर्नुभएका सम्पुर्ण नागरिकको उद्धार र राहतमा जुट्न सबैसँग हार्दिक अपिल गरेका छन् । कोरोना माहामारीको विपत्तिमा जुधिरहेका नागरिकलाई प्राकृतिक प्रकोपले थप पीडा दिएको भन्दै सांसद श्रेष्ठले यस्तो अवस्थामा सबैले संयमता अपनाएर काम गर्नुको विकल्प नभएको बताएका छन् ।
वर्षेनी आउने प्राकृतिक विपत्तीले तनहूँमा ठुलो जनधनको क्षती गराईरहेको तर हामीले विगतको कमजोरीबाट अझै पनि पाठ सिक्न नसकेको हो की भन्ने महशुस गरेको भन्दै सांसद श्रेष्ठले प्राकृतिक विपत्तीबाट बच्न गरिने पुर्व तयारी र सावधानी अपनाउन नसकिएको हो की भन्ने महशुस हुने गरेको बताए ।
यस्तो विपद्को अवस्थामा हामीले विगतको कमजोरीबाट पाठ सिक्दै भविष्यमा विपत्तीबाट जोगिन सकिने सबै उपायहरुको अवलम्बन गरिनु पर्ने सांसद श्रेष्ठको भनाई छ । सरकारले प्राकृतिक विपत्तीमा परेका नागरिकको उद्धार र राहत वितरणमा कुनै कन्जुस्याँई गर्नु नहुने भन्दै विपत्तीमा परेका नागरिकको उद्धार र राहतमा तिनवटै तहका सरकारहरुले हातेमालो गर्दै पीडित समक्ष पुग्नु पर्ने बताएका छन् । आफु तनहूँ जिल्लाको एउटा जिम्मेबार जनप्रतिनिधिको हैषियतमा विपत्तीमा परेका सम्पुर्ण जिल्लावासीलाई धैर्यधारण गर्न तथा राहत तथा उद्धारमा सरकारको सबै संयन्त्रको प्रभावकारी परिचालनकोलागि सांसद श्रेष्ठले आह्वान गरेका छन् ।
त्यसैगरि राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले पनि पहिरोमा परि तनहँुका विभिन्न भागमा ठुलो जनधनको क्षती भएकोमा आफुलाई निकै दुःख लागेको बताएकी छिन् । पहिरोको कारण १० जनाको ज्यान गएको र २ जना हराईरहेको घटना निकै दुख लाग्दो भन्दै सांसद न्यौपानेले यस्तो विपद्को समयमा सबैले संयमता अपनाई पीडितहरुको उद्धार र राहतमा लाग्नु पर्नेमा जोड दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म