माडीमा सुरु भयो अयोध्याको खोजी

Devghat Online

शेयर गरौ

मंगलबार पण्डितहरुको भेला
३० असार, चितवन
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्री राम नेपालकै र अयोध्या पनि नेपालमै भएको बताएपछि धार्मिक र सांस्कृतिक क्षेत्रमा नयाँ तरंग आएको छ । यसै विषयलाई थप पुष्टि गर्न आज चितवनको माडी नगरपालिकाले तथ्यहरुको खोजी गर्ने अभियान थालेको छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले राम र अयोध्यासँग जोडिएका ऐतिहासिक गुफा र मन्दिरहरु माडी नगरपालिकामा रहेकोले पनि आफूले तथ्यहरुको खोजीमा अग्रसरता लिएको बताए । उनले नारायणी अनलाइनलाई भने, ‘देशभरका मिडियाहरुले तथ्यहरुको बारेमा सोधेकोले पनि आफू यसको खोजीमा लागेको छु । यस विषयमा इतिहासकार, पण्डित तथा अनुसन्धानकर्ताको वृहत् भेला राख्ने सोच बनाएको छु ।’

मेयर ढकालकै अग्रसरतामा आज माडी नगरपालिकामा पण्डितहरुको भेला पनि राखिएको थियो । मेयर ढकालले भने, ‘ आज ५ जना पण्डितहरु आउनुभयो । सबैले आफ्ना तथ्यहरु प्रस्तुत गरे । राम यसै क्षेत्र वरिपरी जन्मिएको भन्ने यथेष्ट प्रमाणहरु भेटिएका छन् ।’

साबिकको अयोध्यापुरी गाउँ विकास समिति अहिलेको माडी नगरपालिकाको ८ र ९ नम्बर वाडमा पर्छ । क्षेत्र मार्फत् नभएर रामायणसँग जोडिएका धेरै तथ्यहरु रहेको नगर प्रमुख ढकालले बताए । उनले भने, ‘वाल्मीकि आश्रम, सीताराम गुफा, लवकुशको सन्दर्भ जोडिएका सबै स्थलहरु माडी क्षेत्रमा नै पर्छन् । यसअघि नै माडी नगरपालिकाले वार्षिक कार्यक्रममा धार्मिक पर्यटकीय क्षेत्रको विकासलाई राखेको छ ।
श्रोतः नारयणी अनलाइन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले