३० असार, दमौली
तनहूँको ऋषिङ गाउँपालिका–८ भैसीकिलेका आम्बहादुर थापालाई राहात रकम प्रदान गर्दै गन्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ ।
सोमबार पहिरोमा परि पाँच जना सदस्य गुमाएका थापालाई जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट मन्त्री गुरुङले राहत रकम प्रदान गरेका हुन् । प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउनेलाई प्रति मृतक एक लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने सरकारको नीति अनुसार सो रकम उपलब्ध गराईएकोे प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनु भयो ।
सो क्रममा मन्त्री गुरुङले प्राकृतिक प्रकोप पीडितलाई प्रदेश सरकारले पनि राहत उपलब्ध गराउने बताए । सो क्रममा मन्त्री गुरुङले पहिरो गएको स्थलको अनुगमन गर्दै पीडित परिवार र स्थानीय बासिन्दासँग छलफल गरेका थिए ।
सो क्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी, प्रहरी उपरिक्षक अरुण पौडेल लगायतको उपस्थिती रहेको थियो ।
तश्विर सौजन्यः कृष्ण न्यौपाने