प्रदेश प्रमुखद्वारा देवघाटको अवलोकन (फोटो फिचर)

Devghat Online

शेयर गरौ

५ साउन, देवघाट
बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तनहूँको देवघाटधामको अवलोकन गरेका छन् ।

साउन महिनाको पहिलो सोमबार प्रदेश प्रमुख प्रसाईले देवघाटका विभिन्न धार्मिक स्थलहरुको अवलोकन गरि महादेवको मन्दिरमा पुजा समेत गरेका थिए ।

सो अवसरमा प्रदेश प्रमुख प्रसाईले देवघाट क्षेत्र विकास समिति, गलेश्वर आश्रम, महेश सन्यास आश्रम लगायतको क्षेत्रको अवलोकन र गलेश्वर आश्रममा रहेको महादेवको मन्दिरमा पुजा गरेका थिए ।


प्रदेश प्रमुख प्रसाईलाई देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल, गलेश्वर आश्रमका पिठाधिस अनन्त श्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणवावु घिमिरे लगायतले स्वागत तथा देवघाटको महिमाको बारेमा जानकारी गराएका थिए ।


तश्विरहरुः देवघाट अनलाइन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई