५ साउन, दमौली
भानु नपा ९ सिमगैरामा सोमबार दिउँसो गएको पहिरोमा परि एक बालिका र एक बृद्धाको मृत्यु भएको छ । घरमाथीबाट आएको पहिरोमा परि स्थानीय ८० बर्षीया तिलमाया धौलारी र उहाँकी १४ वर्षीया नातिनी सिताष्मा धौलारीको ज्यान गएको हो ।
पहिरोले महेन्द्र धौलारी र उनका भाईको घर बगाएको थियो । पहिरो जानासाथ तत्काल सुरक्षाकर्मी आई सिताष्मालाई उद्धार गरि उपचारकोलागि लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी युवराज तिमिल्सेनाले बताए ।
तनहूँमा पहिरोमा परि गत साता मात्र ११ जनाको ज्यान गएको थियो भने एक जना अझै वेपत्ता छन् ।

बाढी पीडितको लागि होटल व्यवसायी संघद्वारा ३८ हजार सहयोग
तनहुँ । भदौ १६ होटेल ब्यबसायी संघ तनहुँले रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैबी प्रकोप












