सांसद श्रेष्ठद्वारा जिल्लावासीलाई उपचार सहयोग प्रदान

Devghat Online

शेयर गरौ

६ साउन, काठमाडौं

उपचारकोलागि अन्य सहयोग गर्ने प्रतिबद्धता
प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले विभिन्न स्वास्थ्य समस्या भई काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत व्यक्तिहरुलाई उपचारकोलागि आर्थिक सहयोग गरेका छन् । सांसद श्रेष्ठले मंगलबार अस्पतालमा पुगी जिल्लावासीलाई आर्थिक सहयोग गरेका हुन् ।


सांसद श्रेष्ठले व्यास नपा–९ गजौंडे घर भई हाल निजामती अस्पताल मिनभवनमा उपचार गराई रहेका दिलिप खनाललाई भेटी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । सांसद श्रेष्ठले खनालको उपचारकोलागि उनका आफन्तलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् । खनाल ब्लड क्यान्सर भई हाल उपचाररत छन् । सांसद श्रेष्ठले खनालका आफन्तलाई शिंहदरवार परिसरमा नै रकम हस्तान्तरण गरेका थिए ।


उनको उपचार निजामती अस्पतालमा भएको र सो अस्पताल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको हुँदा सांसद श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्दयेश त्रिपाठीलाई भेट गरि खनालको उपचारमा सहुलियत उपलब्ध गराउन अनुरोध गरेका थिए । मन्त्री त्रिपाठीले तत्कालै मन्त्रालयका सचिवलाई खनालको उपचारमा गर्न सकिने छुटको बारेमा छलफल गरि आवश्यक सहयोग गर्न निर्देशन दिएका थिए ।


त्यसैगरि सांसद श्रेष्ठले ह्दयघात भई काठमाडौंको गंगालाल अस्पतालमा उपचार गराईरहेका व्यास नपा–१ खकौली निवासी बलबहादुर दरैलाई भेटी उपचार सहयोगको लागि १० हजार रुपैयाँ सहयोग गरेका छन् । दरैको दुई दिन अघि ह्दयघात भएपछि उपचारकोलागि परिवारका सदस्यले गंगालाल अस्पतालमा लगेका थिए ।

दरै तत्कालीन नेकपा एमालेको व्यास नपा १ वडा कमिटिको उपसचिव समेत भईसकेका थिए । सांसद श्रेष्ठले दरैको तत्काल शल्यक्रियाको व्यवस्था मिलाउन अस्पतालका चिकित्सकलाई अनुरोध समेत गरेका थिए । साथै उपचारकोलागि थप आर्थिक अन्य सहयोग गर्ने सांसद श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४