लागु औषध मुद्दाका फरार व्यक्ती २० बर्ष पछी पक्राउ

Devghat Online

शेयर गरौ

६ साउन, दमौली
तनहूँ प्रहरीले लागु औषध मुद्दाका फरार अभियुक्तलाई २० बर्ष पछी पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको तनहूँ प्रहरीले लागु औषध सम्बन्धि मुद्धामा फरार रहेका एक व्यक्तिलाई मंगबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं ४ बस्ने कृष्ण बहादुर श्रेष्ठ रहेका छन् । श्रेष्ठ उपर रुपन्देही जिल्ला अदालतले २०५७ माघ ८ गतेको लागु औषध मुद्धामा ९५ हजार रुपैयाँ जरिवाना तिर्ने फैसला गरेको थियो । अदालतले जरिवानाको फैसला गरेपनि उनी जरिवाना नतिरी फरार रहेकोमा साउन ६ गते मंगलबार ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहूँका डिएसपी युवराज तिमिल्सेनाले बताए । उनलाई मंगलबार नै अदालत पेश गरि सजाय भुक्तानकोलागि कारागारमा पठाइएको डिएसपी तिमिल्सेनाले बताए ।

यसैगरि तनहूँ प्रहरीले लागु औषध मुद्धाकै अर्का फरार अभियुक्तलाई ६ वर्ष पछि पक्राउ गरेको छ ।

साविक काहुँशिवपुर गाविस १ हाल ऋषिङ गाउँपालिका वडा नंं १ झापुटार घर भएका ३३ बर्षीय को सन्तमान गर्जा मगरलाई लागु औषध मुद्धामा प्रहरीले मंगलबार उनकै घरबाट पक्राउ गरेको हो ।
उनी उपर तनहुँ जिल्ला अदालतले २०७१चैत २५ गते २ महिना कैद सजाय हुने गरी फैसला गरेको थियो । उनले १ महिना १५ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेको कारण उनलाई पक्राउ गरिएको डिएसपी युवराज तिमिल्सेनाले बताए ।
उनलाई पनि मंगलबार नै अदालतमा पेश गरि बाँकी कैद सजाय भुक्तानकोलागि कारागार पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी