देवघाटमा ग्रावेल भन्दै माटो बिक्री, १० हजार जरिवाना

Devghat Online

शेयर गरौ

१२ साउन, देवघाट
देवघाटमा ग्राभेल भन्दै माटो विक्री गरिएको छ । स्थानीय सेती गण्डकी सप्लायर्स कम्पनीले ग्राभेल भन्दै माटो विक्री गरेको भन्दै प्रहरीले सो सप्लार्यसको ना ६ ख ३६८७ नम्बरको टिपर नियन्त्रणमा लिएको थियो ।
सप्लायर्सले ग्राभेल नै भएको दावी गरेपनि गाउँपालिकाको प्राविधिक टिम र प्रहरी समेतले ग्राभेल नभई माटो भएको पुष्टि गरेपछि सोमबार गाउँपालिकाले उक्त कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना समेत गरेको छ । माटो उत्खननकोलागि गाउँपालिकाले कुनै अनुमती नदिएको अवस्थाामा सो कम्पनीले गाउँपालिका भित्रबाट माटो उत्खनन गरि विक्री गर्न लगेको सुचनाको आधारमा प्रहरीलाई अनुरोध गरेर नियन्त्रणमा लिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।
सो कम्पनीले गाउँपालिकाको नीति उल्लंघन गरेको हुँदा १० हजार रुपैयाँ जरिवाना गरिएको अध्ष्क्ष थापाले बताए । इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्वलराज चिलुवालले गाउँपालिकाको अनुरोधमा उक्त टिप्पर नियन्त्रणमा लिईएको बताए । चेकजाँचको क्रममा माटो विक्री गर्न लागेको पुष्टि भएपछि गाउँपालिकाले उक्त कम्पनीलाई जरिवाना लिएपछि नियन्त्रणमा लिईएको टिपर छोडिएको चिलुवालले जानकारी दिए ।
सेती गन्डकी सप्लायर्सका प्रोपाईटर शिव अधिकारीले आफुहरुले माटो नभई ग्राभेल विक्री गर्न लागिएको बताए । ग्राभेलमा अलि अलि माटो त स्वभाविक रुपमा नै मिसिने भन्दै उनले आफुहरुले ग्राभेल नै विक्री गर्न लागेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक