देवघाट गाउँपालिकाको वार्षिक समिक्षा सन्पन्न

Devghat Online

शेयर गरौ

१२ साउन, देवघाट
देवघाट गाउँपालिकाको आर्थिक वर्ष ०७६÷७७ को वार्षिक समिक्षा कार्यप्रगती एवं समिक्षा कार्यक्रम सोमबार सम्पन्न भयो । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आर्थिक वर्ष ०७६÷७७ मा सम्पन्न भएका कार्यक्रमहरुको प्रगति र समिक्षा गरिएको गरिएको थियो ।


सो कार्यक्रममा अध्यक्ष थापाले गाउँपालिकाले पारित गरेको योजना तथा कार्यक्रमलाई सफल बनाउन सबै जनप्रतिनिधि र कर्मचारीहरु लाग्नु पर्ने बताए । देवघाटलाई समृद्ध बनाउन सबैको सहयोग आवश्यक हुने भन्दै गाउँ परिषदले पारित गरेको लक्ष्य र उद्देश्य अनुरुप योजना बनाई कार्यान्वयन गर्नु पर्ने बताए ।


सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले गाउँ परिषदले पारित गरेको नीति र कार्यक्रम अनुसार र कार्यक्रमहरुको कार्यान्वयन भईरहेको बताए । उनले आगामी वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउन कर्मचारीहरु लागिपर्ने प्रतिबद्धता समेत जनाए ।


कार्यक्रममा गत आर्थिक वर्षमा सन्चालित योजनाहरु, कार्यक्रमहरु, प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम, महिल तथा बालवालिका, शिक्षा तथा स्वास्थ्य, उद्योग तथा विभिन्न संघ संस्था, खानेपानी तथा सरसफाई, कोरोना जोखिम नियन्त्रण, लकडाउनको कार्यान्वयन, राहत वितरण र क्वारेन्टाईन निर्माण, सुचना प्रविधि, पुर्वाधार विकास, सामाजिक सुरक्षा र प्रशासन, लेखा र आन्तरिक लेखा परिक्षण सम्बन्धि प्रगतीको बारेमा समिक्षा गरिएको थियो ।

सो कार्यक्रममा सम्बन्धित शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष एवं प्रवक्ता यालबहादुर गुरुङ, वडा नम्बर ४ का अध्यक्ष पदमबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा