कौडालले पाएनन् ‘मनको बह’ पोख्न

Devghat Online

शेयर गरौ

१४ साउन, दमौली
गितकार दुर्गानीधि कौडाल (नवराज) ले मनको बह पोख्न नपाएको कुरा गजल मार्फत सांगीतिक बजारमा ल्याएका छन् । कौडालको रचना रहेको आधुनिक गजल ‘तिमिसँग मनको बह’ बजारमा आउने तयारीमा रहेको छ । उक्त गजलमा डा.श्यामसुन्दर चौधरीले स्वर भरेका छन् । गायक चौधरीले नै उक्त गजलमा संगीत भरेका छन् ।
उक्त गजलको अरेन्ज तथा रेकर्डिङ रविन दर्शनधारी अल्फÞा स्टुडियो छाउनीले गरेको छ भने यसको निर्माण मधुर बस्नेत र उनको याक ईन्टरटेन्मेन्ट प्रा.लिद्वारा गरिएको छ । केही समयपछि म्युजिक भिडियोको छायांकन पछि बजारमा आउने तयारीमा रहेको सो गजलको मिडिया पार्टनर लोकवाणी दैनिक रहेको छ ।

तिमिसँग मनको बह पोख्न पाको थिईन
बाध्यताले तिमिसँग भेट्न पाको थिइन

सुनेको थिए पराईसँग नाता जोड्दै छौ रे
अजम्बरी भनेर लाएको माया तिमिले तोड्दै छौ रे

तिमिसँग बाचा कसम खान पाको थिइन
झुटो माया तिमिसँग मैले लाको थिईन्

व्यास नपा १४ छाब्दी घर भई हाल अध्ययनको शिलशिलामा साईप्रसमा रहेका कौडालले सांगीतिक क्षेत्रमा पनि पाईला चालेका छन् । यस अघि उनको रचनामा आधुनिक गजल ‘भन्छन् नी दुनियाले’, रोईला गित ‘चलुबुले’ र लोकतथा आधुनिक गित ‘मर्म’ बजारमा आईसकेको छ । यस अघिको गितलाई दर्शक तथा श्रोताले निकै मन पराउनु भएको कारणले आफुदाई गित रचना गर्ने हौसला मिलेको गितकार कौडालले बताए ।
साईप्रसमा पढाईसँगै रोजगारीलाई पनि अगाडी बढाई रहेका कौडालले पढाई र रोजगारीबाट निस्केको समय गित रचना र पुस्तकको लेखनीमा बिताउने गरेको बताए । कौडालले यस अघि नेपालमा हुँदा कक्षा कक्षा, ८, ९ र १० को को लागि अंग्रेजी निबन्ध र व्याकरण, कक्षा ११ र १२ को अंग्रेजी सहायक र विएड दोश्रो वर्षको इङ्लिस फर कम्युनिकेसन नामको पुस्तक समेत प्रकाशन गरिसकेका छन् । कौडालले अंग्रेजी शिक्षण तालिम र विभिन्न परामर्शदाता कम्पनीमा परामर्शदाताको रुपमा अनुभव हासिल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा