१४ साउन, आवुँखैरेनी
प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले आवुँखैरेनी गाउँपालिका–४ मुग्लिङ पुलजिपमा निर्माणाधिन प्रहरी चौकी भवनको निरिक्षण गरेका छन् । सांसद श्रेष्ठले बुधबार सो भवनको निरिक्षण गरि यथाशिघ्र भवन निर्माण सम्पन्न गरि सो कार्यालयबाट प्रहरी चौकीको सेवा आरम्भ गर्नु पर्ने बताए ।
गन्डकी प्रदेश सरकारले गन्डकी प्रदेशको मुख्यद्वार मुग्लिङको पुलजिपमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरि भवन निर्माणकोलागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो । लकडाउनको कार्यान्वयनको क्रममा पुलजिपमा प्रहरी सहितको सुरक्षाकर्मी खटाईएपछि पुलजिपमा स्थायी रुपमा नै प्रहरी चौकी स्थापना गर्नु पर्ने महशुस गरिएको थियो ।
सो अवसरमा सांसद श्रेष्ठले प्रहरी चौकीको स्थापना पछि गन्डकी प्रदेश भित्रिने सार्वजानिक तथा नीजि सवारी साधनको चेकजाँच लगायत अन्य काममा सहयोग हुने बताए । सो अवसरमा इलाका प्रहरी कार्यालय आवुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक विकास थापाले निर्माणाधिन भवनको बारेमा सांसद श्रेष्ठलाई जानकारी गराएका थिए ।

देवघाट लुकायो कार्यपालिका बैठकको निर्णय
देवघाट । जेठ १० देवघाट गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठकका निर्णयहरू सार्वजनिक नगरेको बारेमा स्थानीय अगुवाहरुले












