भासिएपछि केशवटार जाने सडक अवरुद्ध

Devghat Online

शेयर गरौ

१६ साउन, दमौली

तिन अघि भासिएपछि सदरमुकाम दमौलीलाई केशवटार जोड्ने सडक पुर्णरुपमा
अवरुद्ध भएको छ । सो सडकको व्यास नपा १३ स्थित बेलबास नजिकै नदी तर्फको
भाग भासिएर यातयात सन्चालन हुन सकेको छैन । मोटरसाईकल भने अप्ठ्यारो
साथ सन्चालन भईरहेको छ ।


सडक भासिएर उक्त स्थानमा यातयात सन्चालन नभएपछि व्यास नपा १३ को गुँदी, बेनीकोट, पोखरी भन्ज्याङ्ग र व्यास नपा १४ को केशवटार, रुम्सी, हर्कपुर, ठिन, नयाँगाउँ तथा बन्दिपुर गाउँपालिका ३ को सुखौरा तथा धरमपानीबाट आउने
सवारी साधनहरु भासिएको स्थान भन्दा पर नै रोकिन बाध्य भएका छन् । त्यहाँबाट यात्रुहरु झरेर पैदल दमौली आउन बाध्य हुनु परेको केशवटारका लेखबहादुर थापाले बताए ।


दिन दिनै पानी पर्दा सडकमा झन ठुलो खाल्डो पर्दै गएको र समयमै
पुननिर्माणको काम सुरु नगर्ने हो भने त्यसले ठुलो समस्या निम्त्याउन सक्ने
थापाले बताए । यात्रुहरु हिडेर वारपार गरेपनि सडक अवरुद्ध हुँदा खाद्यान्न र
निर्माण सम्बन्धि सामाग्री ढुवानीमा समस्या परेको छ ।


उक्त सडक जतिसक्दो चाँडो मर्मत गर्नु पर्ने भन्दै बन्दिपुर गाउँपालिका–३ सुखौरा घर भई हाल दमौलीमा होटल सन्चालन गर्दै आएका होटल व्यवसायी संघ तनहँुका अध्यक्ष दुर्गाविलास भट्टराईले सो सडक मर्मतमा ढिलाई भए महिला, बालबालिका, जेष्ठ नागरिक र विरामी तथा अशक्तहरुलाई निकै समस्या हुने र गाउँमा खाद्यान्नको अभाव हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा