सुचनाको हक कार्यान्वयन गर्न प्रतिबद्ध छुः प्रजिअ आचार्य

Devghat Online

शेयर गरौ

१६ साउन, दमौली
तनहूँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले नागरिकको सुचनाको हक प्रति
आफु कटिबद्ध भएको बताएका छन् । तनहूँका सन्चारकर्मीसँग विहिबार आयोजित
परिचयात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले सुचनाको हक
कार्यान्वयन गर्न आफु कटिबद्ध र प्रतिबद्ध भएको बताएका हुन् ।
हरेक सरकारी कार्यालय र संस्थानमा सुचना अधिकारी तोक्न लगाउने र हरेक
महिनाको ३ गते सुचना अधिकारीसँग बैठक आयोजना गरि सो को निर्णय प्रवाह
गर्न र सरकारी कार्यालयबाट प्रवाह भएका सेवाहरुको प्रगति बारे हरेक तिन÷तिन
महिनामा सार्वजानिक गर्ने व्यवस्था मिलाउने प्रजिअ आचार्यले बताए । सुचना
नागरिकको अधिकारको विषय भएको हुँदा त्यसको कार्यान्वयन भएमा मात्र नागरिक
सुसुचित हुने बारेमा आफु जानकार रहेको उनको भनाई थियो ।
तनहँुमा ढुङ्गा, गिट्टि, बालुवा लगायतको प्राकृतिक श्रोतको विषय अन्यत्र भन्दा
बढि उठ्ने गरेको आफुले सुनेको भन्दै प्रजिअ आचार्यmले त्यसको उत्खनन र
विक्री वितरण कानुन अनुसार हुने स्पष्ट पारे । प्राकृतिक श्रोतको विषय
स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्ने भएको हुँदा यदि स्थानीय तह र जिल्ला
समन्वय समितिबाट अनुरोध आएमा त्यसलाई नियमन गर्न आफुले पहल गर्ने प्रजिअ
आचार्यले बताए ।
बाढी र पहिरोबाट ठुलो जनधनको क्षती भएको हुँदा बुधबार जिल्ला विपद्
व्यवस्थापन समितिको बैठकले त्यसको बारेमा विस्तृत छलफल गरि राहत र
क्षतीपुर्ती एवं सम्भावित जोखिम स्थानको बारेमा पहिचान गर्ने निर्णय
भईसेको भन्दै पीडितहरुलाई राहतको लागि गृहमन्त्रालयमा सिफारिस गरिसकिएको
र मन्त्रालयबाट प्राप्त हुनासाथ उपलब्ध गराईने बताए ।
यस अघि सरकारले तोकेको राहत मृतक परिवारले पाईसकेको र पछिल्लो समय साउन पहिलो साता भएको राहत सम्बन्धि निर्णय कार्यान्वयन हुन बाँकी रहेको र सम्पत्ती क्षती भएकोहरुको
बारेमा आधिकारिक तथ्यांक पनि आईनसकेको हुँदा केही समय पछि नै उपलब्ध
गराईने प्रजिअ अधिकारीको भनाई थियो ।
पहिरोले बुद्धसिंह मार्गलाई सबैभन्दा क्षती पु¥याएको हुँदा आफुले पनि सो
मार्गको निरिक्षण गरिसकेको र उक्त मार्ग खुलाई यातयात सुचारु गर्न सडक
डिभिजन कार्यालयलाई निर्देशन दिईसकेको र कार्यालयले पहिरो पन्छाई सडक
सुचारु गर्ने काम सुरु गरिसकेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक