नारायणगढ–मुग्लिन सडकमा उपभोग दस्तुर लाग्ने

Devghat Online

शेयर गरौ

१६ साउन, नारयणगढ
नारायणगढ–मुग्लिन सडक प्रयोग गरेबापत सडक उपभोग दस्तुर लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नारायणगढ–मुग्लिन सडक खण्ड प्रयोग गरेबापत सडक उपभोग दस्तुर सङ्कलन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उक्त सडक खण्डमा हलुका सवारी साधनको २५ रुपियाँ र भारी सवारी साधनको ५५ रुपियाँका दरले सडक उपभोग दस्तुर सङ्कलन गर्न स्वीकृति प्रदान गरिएको हो । मोटरसाइकल र स्कुटरको हकमा सडक उपभोग दस्तुर लाग्ने छैन ।

मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सो जानकारी दिए । साउन १२ गते बसेको मन्त्रिपरिषद्ले गरेको सो निर्णय यही भदौ १ गतेबाट लागू हुनेछ ।

सो सडक खण्डको नियमित मर्मत सम्भार गर्न बजेटको अभाव नहोस् भन्ने उद्देश्यसहित सडक उपभोग दस्तुर लागू गरिएको सडक विभागले जनाएको छ । मुग्लिन र नारायणगढको बीचमा ढाँट राखेर यो दस्तुर सङ्कलन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा