१६ साउन, दमौली
तिन अघि भासिएपछि सदरमुकाम दमौलीलाई केशवटार जोड्ने सडक पुर्णरुपमा
अवरुद्ध भएको छ । सो सडकको व्यास नपा १३ स्थित बेलबास नजिकै नदी तर्फको
भाग भासिएर यातयात सन्चालन हुन सकेको छैन । मोटरसाईकल भने अप्ठ्यारो
साथ सन्चालन भईरहेको छ ।




सडक भासिएर उक्त स्थानमा यातयात सन्चालन नभएपछि व्यास नपा १३ को गुँदी, बेनीकोट, पोखरी भन्ज्याङ्ग र व्यास नपा १४ को केशवटार, रुम्सी, हर्कपुर, ठिन, नयाँगाउँ तथा बन्दिपुर गाउँपालिका ३ को सुखौरा तथा धरमपानीबाट आउने
सवारी साधनहरु भासिएको स्थान भन्दा पर नै रोकिन बाध्य भएका छन् । त्यहाँबाट यात्रुहरु झरेर पैदल दमौली आउन बाध्य हुनु परेको केशवटारका लेखबहादुर थापाले बताए ।

दिन दिनै पानी पर्दा सडकमा झन ठुलो खाल्डो पर्दै गएको र समयमै
पुननिर्माणको काम सुरु नगर्ने हो भने त्यसले ठुलो समस्या निम्त्याउन सक्ने
थापाले बताए । यात्रुहरु हिडेर वारपार गरेपनि सडक अवरुद्ध हुँदा खाद्यान्न र
निर्माण सम्बन्धि सामाग्री ढुवानीमा समस्या परेको छ ।

उक्त सडक जतिसक्दो चाँडो मर्मत गर्नु पर्ने भन्दै बन्दिपुर गाउँपालिका–३ सुखौरा घर भई हाल दमौलीमा होटल सन्चालन गर्दै आएका होटल व्यवसायी संघ तनहँुका अध्यक्ष दुर्गाविलास भट्टराईले सो सडक मर्मतमा ढिलाई भए महिला, बालबालिका, जेष्ठ नागरिक र विरामी तथा अशक्तहरुलाई निकै समस्या हुने र गाउँमा खाद्यान्नको अभाव हुने समेत बताए ।












