१७ साउन, दमौली
तनहूँ प्रहरीले दमौलीमा मास्क नलगाई हिड्ने एक सय जनालाई शनिबार कारवाही गरेको छ । उनीहलाई एक सय रुपैयाँ जरिवाना गरिएको हो ।
सरकारले कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउन नागरिकलाई अनुरोध गरेको छ । हाल लकडाउन खोलिएपनि कोरोनाको जोखिम भने कायमै रहेको अवस्थामा मास्क लगाई अन्य स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सरकारले नगारिकलाई अनुरोध गरेको छ ।
यसैक्रममा कोरोना भाईरस ९कोभिड १९० बिरुद्दको जनचेतना फैलाउदै रोकथाम तथा नियन्त्रणको लागी सरकारको निर्देशन बमोजिम जनतामा सचेतना जगाउदै आएको प्रशासनले पछिल्लो समयमा कोरोना भाईरस अनपेक्षित रुपमा फैलिदै आएकोले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको बर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामको लागी प्रयोग गरिने माक्स नलगाई पैदल हिड्ने तथा सवारी साधनहरु चलाई हिड्ने व्यक्तीहरुलाई कारवाही गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय तनहूँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँको सक्रियतामा शनिबार दमौली बजारका विभिन्न स्थानमा माक्सको प्रयोग नगरी हिड्ने एक सय जना मानिसहरुलाई प्रतिव्यक्ती एक सयको दरले जरिवाना गरी कोरोना भाईरसको बारेमा पुर्ण रुपमा जानकारी दिई सम्झाई बुझाई गरी कारवी एवं सचेतना अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले बताए ।



यस अघि प्रहरीले मास्क नलगाई हिड्नेहरुलाई कारवाही गरि प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना तिराईसकेको छ । नागरिकहरुले व्यक्तिगत स्वास्थ्य सुरक्षाको उपायहरु अबलम्बन गरेमा माहामारीको रुपमा फैलदै गएको कोरोना भाईरसबाट बच्न सकिने तिमिल्सेनाले बताए ।












