सामूहिक बलात्कारको आरोपमा ट्रक चालक सहित तनहुँका तीन जना पक्राउ

Devghat Online

शेयर गरौ

१७ साउन , रौतहट
सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुइ जना सहचालकलाई पक्राउ गरेको हो ।

चितवनको गैँडाटारबाट भुस लिन गएको ना २ ख ६७४६ नंको ट्रकमा फतुवा विजयपुर १ स्थित बलात्कार भएको प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वको टोलीले पीडित युवतीलाई उद्धार गरी आरोपित तीनै जनालाई पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बता ए ।

उनका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका १ का ट्रक चालक २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालक १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेका छन् ।

बाराको पथलैयास्थित बाटोमा गत बिहीबार साँझ अलपत्र रहेकी २१ वर्षीया युवतीलाई घर पुर्‍याइदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए । बरगिनिया चोकस्थित एकान्तमा पुगेर सोही राति युवतीलाई डराइ धम्क्याइ ट्रकभित्रै तीनै जनाले पालोपालो बलात्कार गरेपछि पीडितले रोइकराइ गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

पीडित युवतीको शुक्रबार साँझ स्वास्थ्य जाँच भइसकेको छ । आरोपी तीनै जनामाथि जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्यादसमेत थमाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक