१८ साउन, आवुँखैरेनी
गाउँपालिकाका एक कर्मचारीलाई कारोना संक्रमणको पुष्टि भएपछि तनहुँको आवुँखैरेनी गाउँपालिकाको सेवा तिन दिनको लागि बन्द गरिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले एक सिनियर कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र अन्य कर्मचारी जनप्रतिनिधि तथा सर्वसाधरणलाई संक्रमणबाट जोगाउन र जनप्रतिनिधि र कर्मचारीहरुको स्वाव परिक्षणको रिर्पाेट प्राप्त नहुँदा सम्मकोलागि तिन दिन गाउँपालिका र सम्पुर्ण वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु बन्द गरिएको बताए ।



संक्रमण पुष्टि भएका प्रमुख प्रशासकीय अधिकृतको सम्पर्कमा आएका कर्मचारीहरुको परीक्षणका लागि साउन २० गतेसम्मका लागि कार्यालय बन्द गरिएको गाउँपालिकाका सुचना अधिकारी शिखरलाल डोटेलले बताए । संक्रमण पुष्टि भएका कर्मचारी पोखरास्थित घरकै आइसोलेसनमा रहेका छन् ।
आइतबार २६ जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको र बाँकीको सोमबार संकलन गरिने सुचना अधिकारी डोटेलले जानकारी दिए ।












