कर्मचारीलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाको सेवा बन्द

Devghat Online

शेयर गरौ

१८ साउन, आवुँखैरेनी
गाउँपालिकाका एक कर्मचारीलाई कारोना संक्रमणको पुष्टि भएपछि तनहुँको आवुँखैरेनी गाउँपालिकाको सेवा तिन दिनको लागि बन्द गरिएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले एक सिनियर कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र अन्य कर्मचारी जनप्रतिनिधि तथा सर्वसाधरणलाई संक्रमणबाट जोगाउन र जनप्रतिनिधि र कर्मचारीहरुको स्वाव परिक्षणको रिर्पाेट प्राप्त नहुँदा सम्मकोलागि तिन दिन गाउँपालिका र सम्पुर्ण वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु बन्द गरिएको बताए ।

संक्रमण पुष्टि भएका प्रमुख प्रशासकीय अधिकृतको सम्पर्कमा आएका कर्मचारीहरुको परीक्षणका लागि साउन २० गतेसम्मका लागि कार्यालय बन्द गरिएको गाउँपालिकाका सुचना अधिकारी शिखरलाल डोटेलले बताए । संक्रमण पुष्टि भएका कर्मचारी पोखरास्थित घरकै आइसोलेसनमा रहेका छन् ।

आइतबार २६ जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको र बाँकीको सोमबार संकलन गरिने सुचना अधिकारी डोटेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा