आवुखैरेनीका पिसिआर टेष्ट गरिएका सबैको रिर्पाेट नेगेटिभ

Devghat Online

शेयर गरौ

१९ साउन, आवुँखैरेनी
आईतबार पिसिआर परिक्षण गरेका आवुँखैरेनी गाउँपालिकाका २६ जनाको रिर्पाेट नेगेटिभ आएको छ ।
प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमणको पुष्टि भएपछि उनको सम्पर्कमा आएका २६ जनाको आईतबार स्वाव संकलन गरि परिक्षणकोलागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरमाा पठाईएको थियो ।
स्वाव पठाईएका सबैको सोमबार साँझ नेगेटिभ रिर्पोट आएको आवुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले बताए । गाउँपालिका अन्तर्गतका कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ८ महिला र १८ पुरुषको पिसिआर परिक्षणकोलागि स्वाव पोखरा पठाईएको थियो ।
प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमणको पुष्टि भएपछि आवुँखैरेनी गाउँपालिका आज सम्मकोलागि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले