देवघाटमा दुई जनालाई कोरोना संक्रमण, समुदायका व्यक्तिलाई कोरोना

Devghat Online

शेयर गरौ

२८ साउन, देवघाट
तनहूँको देवघाट गाउँपालिकामा दुई जनालाई कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको प्रयोगशालामा ५४ र ३० वर्षका दुई पुरुषलाई कोरोना पुष्टि भएको हो ।

संक्रमित दुबै जना समुदायका व्यक्ति रहेका छन् । ५४ वर्षीय पुरुष देवघाटमै रहेका थिए भने ३० वर्षीय हालै मात्र काठमाडौंबाट आएका थिए । उनीहरुको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने देवघाट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रदिप बुढाथोकीले बताए ।

कोरोना संक्रमित भएका मध्ये एक देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले सामाजिक सन्जाल मार्फत आफुलाई कोरोना पुष्टि भएको बताएका छन् । पौडेलले बुधबार विहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो पिसिआर पोजेटिभ रिर्पाेट आएको बताए । देवघाट अनलाईनसँग फोनमा कुरा गर्र्दै अध्यक्ष पौडेले ७÷८ दिन अगाडी स्वाव संकलन भएको र बुधबार विहान मात्र रिर्पाेट आएको बताए ।

आफु देवघाट छोडेर कतै टाढा नगएको तर विभिन्न बैठक र छलफलमा भने सहभागी हुँदै आएको पौडेलले बताए । कोरोना पोजेटिभको रिर्पाेट आएपनि आफुमा अहिलेसम्म कुनै लक्षण नदेखिएको पौडेलले बताए । अहिलेसम्म आफुलाई कसैले आईसोलेसनमा जाने बारेमा सम्पर्क नगरेको हुँदा घरकै कोठामा सुरक्षितसाथ बसेको पौडेलले बताए ।

देवघाटमा समुदायमा कोरोना संक्रमणको पुष्टि भएपछि सबै नागरिकलाई सुरक्षित भएर बस्न अध्यक्ष पौडेलले अपिल गरेका छन् । यो कुनै लक्षण बिना नै संक्रमण हुने हुँदा सबै देवघाटबासीहरु सुरक्षित भएर घरमा बस्ने तथा बाहिर निस्कन परेमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न पौडेलले अनुरोध गरेका छन् ।

देवघाट क्षेत्रमा कोरोना संक्रमण हुन सक्ने सम्भावना रहेको हुँदा देवघाट क्षेत्र विकास समितिको पहलमा केही दिन अघि मात्र देवघाट क्षेत्रमा सार्वजानिक यातयात, बैंक तथा वित्तिय संस्था र होटलहरु बन्द गराउने सम्बन्धि निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय