भरतपुरमा शुक्रबार मध्यरातीदेखी लकडाउन

Devghat Online

शेयर गरौ

३० साउन, चितवन
जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौं ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भरतपुर महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आदेशको अवज्ञा गरिएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने प्रजिअ भट्टराईले बताए । पछिल्लो समय चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिदै गएकोले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नुपरेको प्रजिअ भट्टराइले बताए ।

निषेधाज्ञाको अवधिमा खुल्ने क्षेत्रहरुः
१. अत्यावश्सकीय खाद्य सामग्री खरिद गर्न विहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म पाइने ।
२. लामो दुरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल, तथा दूध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, पशुपंक्षी, दाना बोक्ने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनहरु ।
३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसलहरु ।
४. स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु ।

बन्द हुने क्षेत्रहरुः
१. अत्यावश्यक सामग्री खरिद गर्न विहान ५ देखि ८ बजे र बेलुका ५ देखि ८ बजेसम्म बाहेक अन्य समयमा कुनै पनि व्यक्ति घर बाहिर निस्कन र हिडडुल गर्न नपाइने ।
२. माथि उल्लेखित अतिआवश्यक बाहेकका निजी तथा सार्वजनिक साधन (दुई पाँग्रे र चार पाँग्रे) सबै संचालन गर्न नपाइने ।
३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसल बाहेक अन्य सबै व्यापार व्यवसाय बन्द हुने ।
४. अत्यावश्यक बाहेकका सरकारी कार्यालय, गैर सरकारी संस्था, बैंक तथा वित्तिय संस्था एवंम सहकारी संस्थाहरु सबै बन्द ।
५. धार्मिक, संस्कृतिक, सामाजिक (विवाह, ब्रतबन्ध)लगायत भेला जमघट, हुने कार्यहरु सबै बन्द ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय