सांसद श्रेष्ठद्वारा जिपि कोईराला अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान

Devghat Online

शेयर गरौ

३२ साउन, दमौली
प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शुक्लागन्डकी नपाको बेलचौतारमा रहेको जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । सांसद श्रेष्ठको तर्फबाट स्वकीय सचिवालयका सदस्य अनिल पाण्डेले ति सामाग्रीहरु आईतबार अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

सांसद श्रेष्ठले उपलब्ध गराएको सामाग्रीहरुमा २५ केजी स्याउ, २० कार्टुन पानी, ५ लिटर सेनीटाईजर, २ सय ५० पिस मास्क, र ३ वटा बाल्टिनहरु रहेका छन् । पछिल्लो समय तनहँु क्षेत्र नम्बर १ का भानु, व्यास र बन्दिपुरका नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमितहरुलाई जिपि कोईराला अस्पतालको आईशोलेसनमा राखिएको छ ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठले ति सामाग्रीहरुले संक्रमितहरुको व्यवस्थापनमा ठुलो सहयोग हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक