निषेधाज्ञा उल्लंघन गर्नेलाई कारवाही

Devghat Online

शेयर गरौ

२ भदौ, दमौली
कोरोना भाईरसको जोखिम कम जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने १५ जनालाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय तनहुँले भदौ २ गते गरेको संयुक्त बजार अनुगमनको क्रममा निषेधाज्ञा उल्लंघन गर्ने १५ जनालाई कारवाही गरिएको सहायक प्रजिअ चित्राङ्गत बरालले बताए ।

सहायक प्रजिअ बरालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सिना सहितको टोलीले निषेधाज्ञाको पालना भए नभएको, स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको बारेमा अनुगमन गरेको बरालले बताए ।

दमौली बजार देखी छाब्दी, कलेस्ती बजार, सिसाघाट सम्मको अनुगमन गरी स्वास्थ्य सुरक्षाको मापदण्ड बिपरित माक्स सेनिटाईजर प्रयोग नगरी व्यापार व्यवसाय संचालन गर्ने र हिड्डुल गर्ने १५ जना व्यक्तीहरुलाई कारवाही तथा जरिवाना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक