तनहूँका सांसदहरुको पहलः भेन्टिलेटर सहितको आईसोलेशन निर्माणकोलागि दमौली अस्पताललाई २ करोड

Devghat Online

शेयर गरौ

७ भदौ, काठमाडौं
संघीय सरकारले दमौली अस्पतालमा भेन्टिलेटर सहितको आईसोलेशन निर्माणकोलागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।

तनहूँका सांसदद्वय कृष्णकुमार श्रेष्ठ किसान र भगवती न्यौपानेको विशेष पहलमा सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट दमौली अस्पतालमा १० बेडको ४ भेन्टिलेटर सहित आइसोलेशन निर्माणकालागि दुई करोड रुपैयाँ विनियोजन भएको राष्ट्रिय सभाकी सांसद न्यौपानेले जानकारी दिईन् ।

सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उक्त रकम विनियोजन गरिएको हो । कोभिड–१९ को प्रभावले देशभरि संक्रमितको संख्या निकै धेरै बढिरहेको अबस्था र तनहूँ जिल्लामा पनि संक्रमितको संख्या बढ्दै गएको अवस्थामा तनहूँ का जनताप्रतिको चासो र उत्तरदायीत्वको कारण आफुहरुले भेन्टिलेटरको व्यवस्थापन गर्न प्रधानमन्त्री कार्यालयमा विशेष अनुरोध गरको सांसद न्यौपानेले बताईन् ।
यस सम्बन्धी निर्णय आईतबार दिउँसो भएको थियो । तनहूँमा कोरोनाको संक्रमण बढेको विषयलाई मध्यनजर राख्दै संघीय सरकारले गरेको निर्णयका लागि सांसद न्यौपानेले सरकारलाई धन्यवाद दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी