८ सय ५५ जना नयाँ सङ्क्रमित थपिए, कुल संक्रमितको संख्या ३३ हजार ५२३ पुग्यो

Devghat Online

शेयर गरौ

९ भदौ, दमौली
नेपालमा कोरोना भाइरसका ८५५ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । थप सङ्क्रमितमा २७१ महिला र ५८४ जना पुरुष रहेका छन् ।

मंगलबार भएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्कमा पछिल्लो चौबीस घण्टामा दश हजार ४५३ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा कुल सङ्क्रमितको सङ्ख्या ३३ हजार ५२३ पुगेको हो । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।

सङ्क्रमित वृद्धि हुँदै गर्दा निको हुने दर भने अहिले विस्तारै घट्दै गएको छ । हाल सङ्क्रमित निको हुने दर ५७ प्रतिशतमा झरेको छ । क्वारेन्टिनमा अहिले दशहजार ४५३ जना रहेका छन् ।

सातजनाको मृत्यु

नेपालमा २४ घण्टामा सातजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १६४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक