भिडियोको प्रयोग गरि श्राद्ध

Devghat Online

शेयर गरौ

२० भदौ, देवघाट
अहिले विश्व व्यापी महामारीको रुपमा रुप लिएको कोभिड–१९ को कारण हरेक क्षेत्र प्रभावित भए झै हिन्दुहरुको वार्षिक पितृ अर्पण कार्य सोह्र श्राद्ध पनि प्रभापित भएको छ । विगतमा एकै दिनमा चार÷पाँच घरमा पनि श्राद्ध गर्न भ्याउने पुरेतहरु यस पटक श्राद्ध गर्न घर÷घर जान डराईरहेको अवस्था छ र श्राद्ध गर्ने घरका व्यक्तिले पनि पण्डितलाई घरमा बोलाएर श्राद्ध गराउन अप्ठ्यारो मानेको अवस्था छ ।

तर कतिपयले भने श्राद्धको कार्यमा प्रविधिको प्रयोग पनि गरेका छन् । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले भिडियो मार्फत शनिबार पितृको श्राद्ध गरेका छन् । सुवेदीले भरतपुर–११ चितवन निवासी सुवेदीले पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्न कोरोनाको कारण जोखिम भएको कारण भिडियो मार्फत श्राद्ध गरिएको बताए ।

 

यस अघि हरेक वर्ष पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्दै आएका सुवेदीले घरमै बोलाएर श्राद्ध गर्नु भन्दा भिडियोको माध्यमबाट झन सजिलो भएको बताए । समय पनि चाडै सकिने र अन्य झन्झट पनि नहुने सुवेदीले बताए । भिडियो हेर्दा पण्डित छेउमै बसेको अनुभव गरेको सुवेदीले बताए । भिडियो सन्देशमा पण्डितको निर्देशन अनुसारको सबै विधि पु¥याएर श्राद्ध गर्न निकै सहज भएको सुवेदीले बताए । आफ्ना अन्य दाजुभाई काठमाडौंमा रहेकोमा उनीहरु पनि सोही भिडियोमा जोडिएर श्राद्धको कार्य पुरा गरेको सुवेदीले बताए ।

प्रवधिको उच्चतम प्रयोगले पितृ कार्य सहज भएको र कोरोनाको कुनै पनि जोखिम नभएको उनले बताए । सोह्र श्राद्धको अवधिमा पण्डितहरु कम्तीमा पनि चार÷पाँच घरमा पुगेका हुन्छन् । यसले गर्दा दुबै पक्षलाई जोखिम हुनेहुँदा अहिलेको अवस्थामा भिडियोको प्रयोग नै उपयुक्त भएको सुवेदीको भनाई छ ।

तर भिडियो मार्फत श्राद्ध गर्दा पण्डित र कर्ताको घरमा इन्टरनेटको सुविधा भने हुनु पर्छ । कुशको टुक्रालाई पण्डित मानेर आफ्नै अगाडी राखेर त्यसलाई टिका लगाएर दक्षिणा स्वरुप केही रुपैयाँ चढाउन सकिने र पण्डितलाई पछि भेटघाटको क्रममा या इ सेवा मार्फत पनि दक्षिणा दिन सकिने सुवेदीले बताए ।

दमौलीमा पनि केही पण्डितले भिडियो मार्फत श्राद्ध गराएका छन् । भिडियोेबाट श्राद्ध गराएका ति पण्डितले आफुलाई पनि जोखिम कुम हुने र यो कार्यमा पनि सहज महशुस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा