निजातमी सेवा दिवसको अवसरमा सेवाग्राहीलाई मास्क प्रदान

Devghat Online

शेयर गरौ

२२ भदौ, दमौली
१७ औं निजामती सेवा दिवस सोमबार मनाईयो । स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धी र सुशासन भन्ने मुल नाराका साथ निजामती कर्मचारीहरुले विभिन्न कार्यक्रम गरि सम्बन्धित कार्यालयमै यो दिवस मनाए ।

निजामती सेवा दिवसको अवसरमा विगतमा विभिन्न रचनात्मक कार्यक्रम गरि मनाएका निजामती कर्मचारीले यस वर्ष भने कोरोना कहरको कारण कार्यालय सरसफाई, अन्तरक्रिया र पहिलो आउने सेवाग्राहीलाई सम्मान गरि मनाए । सबै स्थानीय तहले पनि निजामती सेवा दिवसको अवसरमा कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरि मनाएका छन् ।

देवघाट गाउँपालिकाले भने कार्यालयमा पहिलो आउने सेवाग्राहीलाई मास्क प्रदान गरि यो दिवस मनाएको छ । अहिले कोरोना कहरबाट बच्ने उपाय भनेकै सबैले अनिवार्य मास्क लगाउनु पर्ने भएको हुँदा सेवाग्राहीलाई मास्क उपलब्ध गराईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए । कार्यालयमा पहिलो आउने सेवाग्राही शुकबहादुर राना र उनकी श्रीमतीलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले मास्क प्रदान गरेका थिए ।

आवुँखैरेनी गाउँपालिकाले पनि कार्यालय परिसर सरसफाई गरि यो दिवस मनाएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए । बन्दिपुर गाउँपालिकाले भने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू