देवघाटमा दुई संक्रमित थपिए

Devghat Online

शेयर गरौ

२४ भदौ, देवघाट
देवघाट गाउँपालिकामा दुई जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षण अनुसार देवघाट गाउँपालिकाका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । संक्रमितहरु दुबै जना कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार देवघाट गाउँपालिका वडा नं ४ का ४२ र वडा नं ५ का २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीका अनुसार देवघाट गाउँपालिका अन्तर्गततका होम क्वारेन्टाईन, क्वारेन्टाईन र कन्ट्याक्ट ट्रेसिङका आधारमा २१ महिला र २८ पुरुष गरि ४९ जनाको स्वाव संकलन गरि परिक्षणकोलागि पठाईएकोमा बुधबार विहान प्राप्त रिर्पाेट अनुसार २ जनाको रिर्पाेट पोजेटिभ आएको र बाँकी ४७ जनाको नेगेटिभ आएको छ ।

संक्रमित मध्ये एक जना वडा नम्बर ५ का २७ वर्षीय पुरुष र अर्का वडा नम्बर २ को सिन्च्याङ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मी रहेका छन् । यससँगै देवघाटमा ६ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै होम आईसोसलेशनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी